• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको नि धन

  •    हेल्लो टिभी नेपाल  /१ असार २०७७, सोमबार ११:३३ ,  प्रकाशीत
  • नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम० मा भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधन भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको थियो ।दुर्घटनामा परी गम्भीर घाइते गाउँपालिका अध्यक्ष ५२ वर्षीय शर्माको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारका क्रममा केहीबेर अघि निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । सोही गाडीमा सवार प्रतापपुर–५ का हरिलाल राजभर घाइते छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सङ्घीयमामिलामन्त्रीद्वारा दुःख व्यक्त

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्माको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री त्रिपाठीले शोक वक्तव्य जारी गर्दै शर्माको आत्माको शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । शोक वक्तव्यमा गाउँपालिकामा शर्माले पु¥याएको योगदान र उहाँले निर्वाह गरको समन्वयकारी भूमिकाको प्रशंसा गरिएको छ ।

    जिसस र स्थानीय तह सोमबार बन्द

    शर्माको निधनमा शोक व्यक्त गर्न जिल्ला समन्वय समिति र सातै स्थानीय तह सोमबार एक दिन बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक शिवशङ्कर रायले जानकारी दिनुभयो । परासीस्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आउने क्रममा आफैँले चलाएको स्कार्पियो कार बर्दघाट–४ मा दुर्घटना हुँदा शर्माको निधन भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.