• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सुशान्तको निधन पछि प्रेमिका आलिया भट्टको नाम जोडियो, नाटक गरेर आँशु झारेको भन्दै भयो ब्यापक भारतमा आलोचना

  •    हेल्लो टिभी नेपाल  /२ असार २०७७, मंगलवार ०८:२३ ,  प्रकाशीत
  • नयाँदिल्ली स् बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद वा नातावादको बहस फेरि उठेको छ । के सुशान्त बलिउडमा परिवारवादको शिकार बनेका थिए रु अर्थात् उनले देहत्याग गर्नुको पछाडि यही परिवारवादको संरचना धेरथोर जिम्मेवार थियो रु त्यसो त, बलिउडमा परिवारवाद अघोषित रुपमा स्थापित नै छ । यो विस्तारै पारिवारिक पेशा जस्तो पनि बन्न थालेको छ ।

    योग्यता र क्षमता नभए पनि स्टार कलाकारका भाइ(भतिजा, छोरी(चेली भएकै कारण बलिउडमा प्रवेश गर्ने र स्थापित हुने मौका धेरैलाई मिल्यो । यसको ठीक उल्टो पाटो डरलाग्दो छ । कतिपय कलाकार अब्बल क्षमता र कौशल भए पनि परिवारवादको घेराभित्र पर्न नसक्दा छायामै परे । बलिउडकै स्थापित कलाकारहरुले सुशान्त सिंह राजपुतलाई त्यस्तैमध्येका एक अभिनेता ठानेका छन् । करण जोहर, आलिया भाट लगायत कलाकारले जब सुशान्तको निधनमा श्रद्धाञ्जली दिए, त्यसपछि परिवारवादको बहस सतहमा उठेको हो ।

    धेरैले सामाजिक सञ्जालमा करण र आलियालाई दोहोरो चरित्रको मान्छे भन्दै कठोर आलोचना गर्न थालेका छन् । यस्तो किन पनि भनियो भने, सुशान्तलाई करण जोहरको शो ‘कफी विथ करण’ मा आलियाले खिल्ली उडाएकी थिइन् । यतिसम्म कि, बाबु र आमाको प्रभावबाट बलिउडमा छिरेकी आलियाले सुशान्तलाई चिन्दिन समेत भनेकी थिइन् । जब कि, सुशान्त कठिन मेहनतबाट बलिउडमा स्थापित भएका थिए । उनै आलियाले सुशान्तको निधनबाट आफू स्तब्ध बनेको भन्दै गहिरो दुख व्यक्त गरेकी छन् । उनले यो दुख व्यक्त गर्ने शब्द नै नभएको भन्दै उनको परिवारमा समवेदना प्रकट गरिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

    बलिउडकर्मी गौरव मिश्राले आलियाको यस्तो ट्वीटलाई ‘फेक सिम्प्याथी’ भन्दै टिप्पणी गरेका छन् । उनले त बलिउडकर्मीले ‘गोहीको आँशु’ झारेको भन्दै आलोचना समेत गरे । उनले भनेका छन्, ‘सुशान्तले भनेका थिए कि, कसैले पनि उनलाई पार्टीमा बोलाएका थिएनन् । उनले बलिउडले आफूलाई परिवारको सदस्यको रुपमा स्वीकार नगरेको बताएका थिए । उनी सधैँ यही कुराले दुखी र निराश थिए । बलिउड स्टप हिप्पोक्रेसी एन्ड घडियाली टियर्स‘ ।’

    त्यसो त, सुशान्त अब्बल अभिनेता हुँदा हुँदै पनि धेरै ठाउँबाट उनलाई अघोषित रुपमा वहिष्कार नै गरिएको थियो । जस्तो कि, ‘काइ पो चे’ जस्तो सफल फिल्ममा उनले डेब्यू गर्दा नै आफुलाई पुष्टि गरिसकेका थिए । ‘पिके’, ‘केदारनाथ’ जस्ता फिल्ममा सुशान्तले सम्झनलायक काम गरे । कठिन मेहनतबाट बलिउडमा स्थापित बनेका सुशान्तले फिल्म अवार्ड पाउनुपर्ने गुनासो बलिउडमा सुनिरहन्थ्यो । यतिसम्म कि, कंगना रनोटले त ‘गल्ली ब्वाइ’भन्दा ‘काइ पो चे’ धेरै हिसाबले अवार्डका लागि योग्य फिल्म रहेको टिप्पणी गरेकी छन् ।

    विडम्वना कस्तो भने, हरेक वर्ष सुशान्तको अभिनयको प्रशंसा त धेरै हुन्थ्यो । तर उनी फिल्म अवार्डमा नै बोलाइँदैनथे । यतिसम्म कि, प्रोड्युसरहरुको पार्टीमा समेत उनलाई बोलाइँदैनथ्यो । यसको मतलब सुशान्त एक किसिमले उपेक्षित वा वहिस्कृत जस्तै थिए । त्यसो त, सुशान्त आफैँ पनि कतिपय सन्दर्भमा बलिउडले परिवारको सदस्यको रुपमा स्वीकार नगरेको गुनासो गर्ने गरेका थिए ।

    कंगनाले हालै सुशान्तको निधनको सन्दर्भमा भनेकी छन्, ‘सुशान्तलाई मानसिक रुपमा कमजोर थियो, मानसिक समस्याग्रस्त थियो, एडिक्ट थियो भनेर गलत रुपमा चित्रित गरिँदैछ । सुशान्तको एडिक्सन खराब लाग्ने, सञ्जय दत्तको एडिक्सन चाहिँ क्युट लाग्ने रु’

    कंगनाले थप लेखेकी छन्, ‘स्टार किडहरु बलिउडमा सुरक्षित हुन्छन् । उनीहरुलाई पहिले नै धेरै कुरा थाहा हुन्छ, जस्तो कि, मिडिया, स्टाफ र प्रोड्यूसरसँग कसरी बोल्ने पहिल्यै थाहा हुन्छ । जब हामी आउँछौँ, हामी सिक्छौँ, हामी कठिन बाटो सिक्छौँ ।’ उनले त सुशान्तले देहत्याग गर्नुमा बलिउडको परिवारवाद पनि जिम्मेवार रहेको औंल्याएकी छन् । कंगना मात्रै हैन, अरु लाखौं बलिउडका दर्शकले बलिउडको परिवारवाद बन्द गर्न भन्दै ह्यासट्याग नै चलाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.