२४ घन्टाको अवधिमा चीनमा ४० जना नयाँ सं क्रमित देखिएपछि बेइजिङमा लकडाउन विस्तार
तपाईको प्रतिक्रिया





एजेन्सी( चीनमा लगातार कोरोना संक्रमितको संख्या थपिन थालेपछि चीनको राजधानी बेइजिङमा लकडाउन अझ विस्तार गरिएको छ । २४ घन्टाको अवधिमा चीनमा ४० जना नयाँ संक्रमित थपिएपछिबेइजिङमा लकडाउन अझ विस्तार गरिएको हो । बेइजिङमा सबैभन्दा बढी कोरोनाका संक्रमित भेटिएक छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन् ।
गत साता बेइजिङमा रहेको एक खाद्य बजारमा कोरोना संक्रमण पाइएको थियो । सिनफाडी नामको सो बजार संक्रमित पाइएपछि बन्द गरिएको छ । आइतबार पनि चीनमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।चिनमा दोस्रो लहरको कोरोना फैलिने त्रास बढ्न थालेको छ । डिसेम्बरमा वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए पनि चीनले त्यसलाई नियन्त्रणमा लिन सफल भएको थियो । अहिले यसले विश्वभर महामारीको रुप लिएको