• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भोलि मेरो जन्म दिन हो ‘सुखकाे दिन कहिल्यै आएन’ भोलि नै अन्तिम दिनहो भन्दै बिष्टले संसार छोडे

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार १३:४३ ,  प्रकाशीत
  • काठमाडौं । नेपालीहरुले फेसबुक लाइभ गर्दै देहत्याग गर्ने क्रम पछिल्लो समय बढिरहेको छ । पछिल्लो समय नेपालीहरुमा देखिएको ‘फेसबुक लाइभ’ देहत्याग चिन्ताको विषय बनेको छ । फेसबुक लाइभमा गरिएका यस्ता देहत्यागका भिडियोले मानिसको मनोबल कमजोर गराउने र यस्ता गलत कामका लागि अरुलाई समेत प्रोत्साहन गर्ने चर्चा चलिरहेका बेला फेरि एक नेपालीले आफ्नो जन्म दिनकै समयमा फेसबुक लाइभ गर्दै देहत्याग गरेका छन् ।

    उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेलटार घर भई मलेसियामा बस्दै आएका ५१ वर्षीया व्यक्तिले फेसबुक लाइभ गर्दै जीवन त्याग गरेका छन् । वैदेशिक रोजगारको क्रममा २० बर्षदेखि मलेसियाको क्वालालाम्पुरमा बस्दै आएका हेमराज बिष्टले आफ्नो जन्म दिनको अघिल्लो साँझ ९ः१६ सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै देहत्याग गरेका छन् ।

    उनले लाइभका क्रममा भनेका छन्, ‘आज म लाइभ आउनुको कारण भोलि मेरो बर्थडे हो । त्यस्तै बाध्यताका कारण भोलि मेरो अन्तिम दिन पनि हो । धन सम्पत्ति होस् नहोस् कसैले फुर्ति नगर्दा हुुन्छ । एक दिन जानु जरुरी छ । सम्पत्ति त मसँग पनि कहाँ कम छ र ? दुःख गर्दा सम्पत्ति हुँदो रैछ । मलाइ नपुगेर हैन । कसैसँग झ’गडा भएर पनि हैन । म ५१ बर्षको भएँ । आजका दिनसम्म कहिले सुखका दिन आएन । अनि किन बाच्नु ?’

    ४७ सय साथी भएको फेसबुकमा उनले भनेका छन्, ‘मलाइ बाँच्न मन भएन । ममाथि गएर ठाउँ बनाउँदै गर्छु । जाने त दिन निश्चितै छ । यहाँ कसैले अजम्बरी जीवन पाएको छैन । त्यसैले जानैपर्छ ।’ आफ्नो कमाइको करिब ११–१२ हजार रिङरेड (मलेसियन मुद्रा) देखाउँदै उनले भनेका छन, ‘यो मेरी श्रीमतीले पाउन ।’

    जन्मदिन मनाउन साउन १८ गते र १ः२५ रातको समय मिलाउदै उनले देहत्याग गरेको साथीहरुले जानकारी दिएका छन् । उनका श्रीमती र दुई छोरा छन् । जेठा छोरा सिभिल इन्जिनियर हुन् भने कान्छा नेपाल प्रहरीमा सेवा गर्छन् । उनको शवलाइ मलेसिया क्वालालम्पुरको एक अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रियापछि नेपाल ल्याउने तयारी भइरहेको मलेसियामा रहेका उनका आफन्तले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    ताजा अपडेट
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.