चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
हेल्लो टिभी नेपाल /३ आश्विन २०८३, शनिबार ०९:३० , प्रकाशीत
काठमाडौं । नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले चीनको राजधानी बेइजिङमा आयोजित छैटौँ ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोहमा नेपालका समाजसेवी कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’ प्रदान गरिएको छ।
एसएमपी मिडिया हाउस र निकिला मिडियाको संयुक्त आयोजनामा बेइजिङस्थित होटल लिफनमा गत साता सम्पन्न समारोहमा समाजसेवा तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप घिमिरेलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
घिमिरेले लामो समयदेखि नेपालका विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा दन्त उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै उनले विभिन्न स्थानमा निःशुल्क दन्त उपचार सेवा प्रदान गर्दै आएका छन्।
स्वास्थ्य सेवासँगै सामाजिक सेवामा समेत सक्रिय घिमिरेले आवश्यकतामा परेका नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका छन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई उपचारको पहुँचमा ल्याउन उनको पहल महत्वपूर्ण रहेको आयोजकको भनाइ छ।
हाल घिमिरेले काठमाडौंको चाबहिल र कोटेश्वरमा शाखा सञ्चालन गरी दन्त उपचार सेवा प्रदान गर्दै आएका छन्। व्यावसायिक स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएका उनले ग्रामीण तथा विपन्न समुदायसम्म स्वास्थ्य सेवा पुर्याउने अभियानलाई निरन्तरता दिँदै आएका छन्।
बेइजिङमा आयोजित समारोहमा विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो। सोही क्रममा नेपालबाट स्वास्थ्य तथा समाजसेवाको क्षेत्रमा सक्रिय घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’ प्रदान गरिएको हो।
सम्मान ग्रहण गर्दै घिमिरेले स्वास्थ्य सेवा केवल व्यवसाय नभई सामाजिक उत्तरदायित्वसमेत भएको बताए। उनले आगामी दिनमा उपचारको पहुँचबाट टाढा रहेका नागरिकसम्म स्वास्थ्य सेवा विस्तार गर्दै सामाजिक सेवाको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।