• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा

  •    हेल्लो टिभी नेपाल  /१८ आश्विन २०८३, आईतवार ०८:४९ ,  प्रकाशीत
  • काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–८ मा रहेको रिमा सेवा समाजले स्थापनाकालदेखि संस्थालाई निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।

    शनिबार संस्थाको आफ्नै नवनिर्मित भवनमा आयोजित कार्यक्रममा ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सहयोगदाताको नाम सिलालेखमा राखिएको हो। बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले उक्त सिलालेखको अनावरण गरेका थिए।

    कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विदेशमा रहेर संस्थालाई सहयोग गर्दै आएका सहयोगदातालाई समेत कार्यक्रममा स्मरण गर्दै आयोजकले धन्यवाद व्यक्त गरेको थियो। विदेशमा रहेका सहयोगदाताका लागि तयार पारिएको सम्मानपत्र सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने प्रतिबद्धता आयोजकले जनाएको छ।

    रिमा सेवा समाजले आगामी दिनमा पनि संस्थालाई ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सहयोगदाताको नाम सिलालेखमा थप गर्दै जाने जनाएको छ। सामाजिक सेवामा योगदान पुर्‍याउने सहयोगदाताको सम्मान गर्नुका साथै उनीहरूको योगदानलाई अभिलेखीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको समाजले जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले रिमा सेवा समाजले गर्दै आएको सामाजिक सेवाको प्रशंसा गर्दै आफू पदमा रहे पनि नरहे पनि संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    त्यस्तै, बुढानीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष सुमन लामाले आफ्नो वडाभित्र सञ्चालन भइरहेको संस्थाले गर्दै आएको सामाजिक सेवाको प्रशंसा गर्दै संस्थालाई सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।

    संस्थाका सदस्य तथा अधिवक्ता भरत केसीले स्वागत मन्तव्य राख्दै रिमा सापकोटाले संस्थामार्फत गर्दै आएको सामाजिक योगदानको प्रशंसा गरे।

    रिमा सेवा समाजकी अध्यक्ष रिमा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिन्। सहयोगदाताको साथ र सहयोगकै कारण सामाजिक सेवाको अभियानलाई निरन्तरता दिन सम्भव भएको उनले बताइन्।

    रिमा सेवा समाजको आश्रममा हाल वृद्धवृद्धादेखि बालबालिकासम्म ६८ जना आश्रित रहेका छन्। समाजले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

    यसअघि बुढानीलकण्ठ नगरपालिका–७, गल्फुटारस्थित भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको रिमा सेवा समाजले पछिल्लो समय बुढानीलकण्ठ नगरपालिका–८, केदारनाथ हाइटमा आफ्नै भवन निर्माण गरेको हो। हाल सोही भवनबाट आश्रम तथा विभिन्न सामाजिक सेवाका गतिविधि सञ्चालन हुँदै आएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोटे अल इन वन रिसोर्ट टोखा झोरमा लाइभ कन्सर्ट हुदै
    निर्वाचन शान्तिपूर्ण एवं निष्पक्ष हुने
    How to Play Web Sudoku How to Play Web Sudoku
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.