• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पीपीइभित्र भित्रीवस्त्र मात्र लगाएर बिरामीको उपचार गर्ने नर्स

  •    हेल्लो टिभी नेपाल  /१७ श्रावण २०७७, शनिबार ०९:५१ ,  प्रकाशीत
  • काठमाडौं। रुसको एक अस्पतालमा पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर बिरामीको उपचार गर्ने नर्स नादिया जुकोभा फेरि चर्चामा आएकी छिन् । उनी अब एक टेलिभिजनमा समाचारवाचिका बनेकी छिन्। डेलीमेलको रिपोर्टअनुसार नादियालाई मस्कोको दक्षिणमा रहेको तुला नामको शहरमा स्थानीय च्यानलले समाचारवाचिका बनाएको हो । तत्कालको लागि नादियाले त्यो टेलिभिजनमा मौसमसम्बन्धी समाचार सुनाउनेछिन्।

    समाचारवाचिका भए पनि उनले नर्सको रुपमा समेत आफ्नो काम जारी राख्नेछिन् । यसअघि नादियालाई रुसको एक खेलकुदसम्बन्धी कपडाको ब्राण्डले मोडलको अफर दिएको थियो तर उनले त्यो अफर अस्वीकार गरेकी थिइन्। टिभीमा आफ्नो भूमिकालाई लिएर नादियाले यो आफ्नो लागि ठूलो कुरा भएको बताइन् । यो अवसर दिएकोमा उनले च्यानललाई धन्यवाद दिइन्।

    यसअघि रादर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर ड्यटी गरेको भन्दै उनको निकै आलोचना भएको थियो । २३ वर्षकी नादियालाई अस्पतालले अनुचित ड्रेस कोडको आरोपमा जागिरबाटै निकालेको थियो। नादियालाई जागिरबाट निकालेपछि भने अस्पतालको पनि आलोचना भएको थियो । पछि नादियाले आफूले सोही अस्पतालमा जागिर फिर्ता पाएको बताएकी थिइन्।

    आफूले पारदर्शी गाउनभित्र भित्री वस्त्र मात्र लगाएको विषयमा नादियाले आफूलाई पीपीइ लगाएर लगातार काम गर्दा निकै गर्मी भएकोले भित्री वस्त्र मात्र लगाएको बताएकी थिइन् । उनले पीपीइ त्यति धेरै पारदर्शी भएकोप्रति आफूले ध्यान दिन नसकेको बताएकी थिइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.