• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आखिर को हुन् महानायक र महानायिका? – निरूता सिंह

  •    हेल्लो टिभी नेपाल  /१९ श्रावण २०७७, सोमबार २१:३३ ,  प्रकाशीत
  • काठमाडौँ । चर्चित नायिका निरूता सिंहले ‘महानायक’बारे मुख खोलेकी छन्।निर्माता निर्देशक तथा कलाकार दिपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायकबारे गरेको टिप्पणीपछि अहिले ‘महानायक को?’ भन्ने बहस चलिरहेको छ।नेपाली सिने क्षेत्रका चर्चित अभिनेता राजेश हमाललाई कतिपय कलाकारले ‘महानायक’ भन्न अफ्ठेरो मान्ने गरेका छन्।

    नायिका सिंहले भने आफूले राजेश हमाललाई महानायक होइन नभनेको प्रष्ट पारेकी छिन्।साथै उनले अर्का अभिनेता भुवन केसीलाई पहिलेदेखि नै ‘सपनाको महानायकको’ रुपमा मानेको पनि बताएकी छिन्।नायिका सिंहले सामाजिक सञ्जाल फेसबुकमा ९ बँदे धारणा राख्दै नेपाली सिने क्षेत्रमा आफ्ना लागि को महानायक र को महानायिका हुन भन्ने खुलाएकी छिन्।

    यस्तो छ नायिका सिंहको फेसबुक स्टाटस,मलाई अचम्म लागेको अनि मैले बूझ्न नसकेको कुरा –

    १) मैले कहाँ र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर???

    २) मैले मेरो स्टाटसमा आजको कुरा लेखेको हैन, मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राखेको थिएन..जुन बेलामा मैले भुवन केसीको सिल्वर जुबली चलचित्र कुसूमे रुमाल, सम्झना, साईनो लगायत अन्य चलचित्रहरू हेरेको थिएँ‘..

    ३) मैले त्यो बेलाको मेरो ‘सपनाको महानायक’ भनेर शुद्ध नेपाली शब्दमा लेखेको थिए ”मेरो सपनाको महानायक” यो शब्दको मतलब हाम्रो नेपाली दाजुभाई अनि दिदीबहिनीहरूले नबुझे कै हो त????

    ४) अब कुरा गरौं महानायकको..मेरो लागी पनि महानायक राजेश हमाल हो..अनि म राजेशदाई लाई सम्मान गर्छु..

    ५) म नेपाली चलचित्रको एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाई अनि दिदीहरूलाई सम्मान पूर्व उपाधि दिने अधिकार पनि छैन र??? मेरो लागि ति सबै अग्रज कलाकारहरूनै महानायक अनि महनायिका हुन् जसले हाम्रो स्यानो नेपाली चलचित्र क्षेत्रलाई यहाँ सम्म पुर्याउनुको लागी आफ्नो कलाको योगदान दिनु भएको छ..

    त्यसैले मेरो लागी राजेश हमाल लगायत भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, नीर शाह दाई आदि कलाकारहरू पनि महानायक नै हुन.. त्यसरी नै हाम्रो पहिलो नायिका भुवन चन्द दिज्ज्यु , बसुन्धरा भुसाल दिज्ज्यु, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा दीदी आदि कलाकारहरू पनि महानायिका हुन.. यदि म कसैलाई श्रद्धा गरेर महानायक, महानायिका, सूपरस्टार, मेघास्टार या कुनै पनि उपाधि दिउँ..त्यो मेरो नितान्त निजी विचार हो..त्यो मेरो विचार न त म कसैको माथि थोप्न सक्छु न त कसैले मेरो त्यो श्रद्धालाई म बाट छिन्न सक्छ..हामी सबै स्वतंत्र छौ आफ्नो विचार, सोच अनि श्रद्धा दर्शाउनका लागि..

    ६) मलाई कति जनाले कमेन्टमा लेख्नु भएको रहेछ कि मलाई अब फलो गर्दिन अनि मेरो फ्यान फलोइङ घटछ भनेर..अनि भुवन केसीले मलाई फिल्ममा काम दिन्छ भनेर मैले भुवन केसीको चम्चागिरी गरेको अरे..

    म उहाँहरू लाई भन्न चाहनछु कि म नेपाली चलचित्र देखी टाढा रहेको धेरै वर्ष भईसक्यो,, अनि मैले नेपाली चलचित्रमा काम गर्नको लागि आज आएर कसैको चम्चागिरी गर्नु जरूरी नै छैन..मैले मेरो नेपाली चलचित्र उद्योगलाई मेरो जीवनको अमुल्य २७ वर्षको योगदान दिई सकेको छु..त्यसैले मलाई साचो मनले माया गरेर मेरो भावनाको कदर गर्ने मेरो समझदार, माननीय, पूजनीय अनि ढोगनिय! मात्र दर्शक, फ्यान पनि काफ़ी छ मेरो लागि..

    ७) मलाई आज सम्म माया अनि सम्मान दिनु हुने साथै मैले भन्न खोजेको कुराको सही मतलब बुझी दिनुहुने मेरो सम्पूर्ण समझदार,माननीय, पूजनीय अनि ढोगनिय दर्शक,फ्यानहरूमा म निरूता सिंह दुई हात जोड़ी हृदय देखी नै धन्यवाद टक्राउदछु..

    ८) अन्त्यमा कसैको स्टाट्सलाई राम्ररी नपढी,नबुझी त्यो स्टाट्सले भन्नै नखोजेको कुराको जब्बरजस्ति गलत मतलब निकालेर यो नै भन्न खोजेको भनेर गाली गर्नु कुनै पनि हिसाबले उचित हो जस्तो मलाई लागदैन.. भलै त्यो स्टाट्स मेरो कुनै दुश्मन कै किन नहोस..

    ९)आज सारा विश्व कोरोना महामारीसंग लडिरहेको छ..भोली के हुन्छ कसैलाई थाहा छैन, तर यहाँ हामी भने ‘महनायक को’ शीर्षकको लड़ाईमा नै अल्झी रहेका छौ..भगवान श्री पशुपतिनाथले हामी सम्पूर्ण नेपालिहरूलाई सतबुद्धि दिउन..दुई दिनको यो छोटो जिन्दगीमा सबै मिलीजुली रहने अनि एक अर्काको भावनाको कदर गर्ने विचार सबैमा जगाई दिउन..

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ऐश्वर्यले नयाँ फर्निचरहरू किन्न सुझाव दिँदा राजा बिरेन्द्रले भने, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन्, पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन ।’
    कलेजो जोगाउन अपनाउनुहोस् यी ८ घरेलु उपाय
    सर्वोच्चले भन्यो – विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै रकमले फर्काऊ
    ताजा अपडेट
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    ॠषी धमलाको उपस्थितिमा युवा नेता तथा समाजसेवि नविन थापा मगरले बहिनीको जन्मदिन अश्रममा मनाईदिए
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.