• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कलेजो जोगाउन अपनाउनुहोस् यी ८ घरेलु उपाय

  •    हेल्लो टिभी नेपाल  /१५ श्रावण २०७७, बिहीबार २१:२२ ,  प्रकाशीत
  • काठमाडौं | कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ ।कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो ।

    आजकालको व्यस्त जीवनशैली र अस्वस्थकर खानपानका कारण कलेजोमा असर परिरहेको छ । चुरोट तथा मदिराजन्य पदार्थको सेवन पनि कलेजो बिग्रने अर्को कारण बन्ने गरेको छ । एकपटक कलेजो बिग्रिएपछि त्यसले निकै समस्या पार्छ । आखिर कलेजो स्वस्थ राख्ने उपाय के हुन् त ?

    जैतूनको तेल:जैतूनको तेल कलेजोको स्वास्थ्यका लागि राम्रो विकल्प हो । बिहानको खाजा या कुनै पनि तरिकाले जैतूनको सेवन गर्नाले फाइदा पुग्छ । जैतूनको तेल पाइदैंन भने चुरोट, मदिरा तथा सूर्तिजन्य पदार्थबाट टाढै रहनु अत्यन्त आवश्यक हुन्छ ।

    बेसार:बेसारको नियमित सेवनले कलेजोको समस्या हट्छ । बेसारमा एन्टीसेप्टिक गुण हुन्छ भने एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो । हेपाटाइटिस बी र सीबाट निर्माण हुने भाइरस बढ््नबाट पनि यसले रोक्छ। दूधमा बेसार मिसाएर पिउनाले कलेजोलाई फाइदा पुग्छ ।

    अमला:अमला भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यो आँखा, कपाल तथा छालाका लागि फाइदाजनक छ भने कलेजोको स्वास्थ्यका लागि पनि राम्रो हो । अध्ययनहरुबाट अमलामा कलेजो सुरक्षित राख्ने सबै तत्व रहेको पाइएको छ ।

    ग्रीन टी:यदि कलेजो स्वस्थ राख्न चाहनुहुन्छ भने दूध चियाकोसाटो ग्रीन टी सेवन गर्न सुरु गर्नुस् । ग्रीन टीमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ, जसले सबै खालका विषाक्त पदार्थलाई नष्ट गर्छ । बिहान उठ्नेबित्तिकै १ कप ग्रिनटी पिउनु हितकर हुन्छ ।

    करेला:स्वादका हिसाबले करेला तितो भएपनि कलेजोका लागि वरदान नै मानिन्छ । दिनहुँ १ ग्लास करेलाको जुस पिउनाले कलेजो स्वस्थ हुन्छ । साथै यसले फ्याटी लिभरको समस्या पनि हटाउँछ ।

    गोलभेंडा:यदि फ्याटी लिभरको समस्या छ भने काँचो गोलभेंडा फाइदाजनक मानिन्छ । यसैले उपलब्ध भएसम्म उपयुक्त मात्रामा काँचो गोलभेंडा नियमित रुपमा सेवन गर्नु राम्रो मानिन्छ ।एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    ताजा अपडेट
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    ॠषी धमलाको उपस्थितिमा युवा नेता तथा समाजसेवि नविन थापा मगरले बहिनीको जन्मदिन अश्रममा मनाईदिए
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.