• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” को समुद्घाटन

  •    हेल्लो टिभी नेपाल  /२२ फाल्गुन २०८०, मंगलवार ०९:०६ ,  प्रकाशीत
  • काठमाडौं । नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा भब्य रुपले समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । समुद्घाटन कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल सरकारका परराष्ट्र मन्त्री माननिय एन.पी. साउद रहेका थिए ।

    कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, साधाना कला केन्द्रका संस्थापक मिलन मोक्तान, नेपाल टेलिकमका बिमल आचार्य, नृत्यशिरोमणी भैरब बहादुर थापा, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुश्मा महरा, बरिष्ठ नृत्य निर्देशक राजु शाह, भुवन दाहाल, शम्भु शाही, बिकाजराज भण्डारी, टिका पुन, जुना श्रीष मगर, शिब हमाल लगायत अन्य बिशिष्ट अतिथीको रुपमा रहेका थिए ।

    पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने मुल नारा सहित आयोजना गर्न लागिएको यस मेला फागुन २१ गते दाङ, घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते बसन्तपुर दरबार क्षेत्र काठमाडौं, फागुन २६ गते लालिगुरास नेशनल एकेडेमी, मनमैजु, काठमाडौंमा सम्पन्न हुने कुरा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी) ले जानकारी गराए ।

    यस संस्थाले हालसम्म ७५ भन्दा बढी राष्ट्रहरुमा नेपाली मौलिक कला संस्कृतीलाई प्रस्तुत गरी प्रचार प्रसार गरी थप टेवा पुराउने कार्य गरेको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बि.सं. २०५९ सालमा “प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” सम्पन्न गरेको थियो । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा बिभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको प्रस्तुती रहेको थियो । हेरक राष्ट्रका कलाकारहरुले आ-आफ्नो राष्ट्रको सँस्कृती झल्काउने नृत्य, भेषभुषा, झण्डा प्रस्तुत गर्दै साँस्कृतिक प्रस्तुती दिएका थिए ।

    “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा मुख्य आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुप रहको र अन्य संघ संस्थाहरु स्थानिय आयोजकको रुपमा रहने कुरा मेलाका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) ले बताएका थिए । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” को सञ्चालन चर्चित कार्यक्रम सञ्चालक दिनेश डिसीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.