पोखरामा कोटीहोम रोक्न मेयरको जालझेल धर्मगुरु :विजय कृष्णमूर्ति जी महाराज
तपाईको प्रतिक्रिया





बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज९विजय भण्डारी०ले पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा नफर्किने बताएका छन् ।
आज आइतबार बिहान पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी वैशाख १७ गतेदेखि लेक साइडस्थित बाराहीघाटमा कोटीहोम गरिछाड्ने बताएका हुन् ।
धर्मको लागि लड्न तयार रहेको भन्दै उनले भने, “अब कोटीहोम नगरी यहाँबाट कुनै पनि हालतमा फर्किन्न, “धर्मको लागि, यो सँकृति बचाउनको लागि लड्न परे पनि लड्छौ ।”
साथै उनले महायज्ञका नाममा चौताराका बरपिपल काटिनुलाई केही कमजोरी भएको स्वीकार गर्दै रुख काटिएको ठाउँमा वृक्षरोपण गरिने योजना रहेको पनि सुनाए ।
कोटिहोम महायज्ञमा भागवत कथा प्रवक्ता सुश्री अनुराधा पाण्डे, चर्चित श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सरवी, अन्तर्राष्ट्रिय कथा प्रवक्ता श्री देवी प्रतिभा, वाचन प्रवीण श्री दीनवन्धु पोखरेल, भागवत मञ्जरी राधिका दासी माता, प्रवक्तादेवी सुप्रिया, शंकराचार्य, जगत् गुरु, साधु, सन्त, महन्तलगायत विश्व प्रसिद्ध कथा वाचकर वाचिकाहरुबाट आशिर्वचन हुने जानकारी दिए ।
उनले पोखरामा हुने महायज्ञमा वातावरण प्रदूषण नहुने दाबीसमेत गरे । उनले भने, “महायज्ञस्थलको हल भित्रबाट बाहिर आवाज निस्किने छैन ।”
कोटीहोम आयोजना गर्नका लागि नेपाल ट्रष्टले आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि जग्गा उपलब्ध गराएको छ।
महानगरपालिका कार्यालयले भने महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको आइतबार जनाएको छ ।