• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

रातारात सेलिब्रेटी बने यि ८४ वर्षका जोडी, पुराना लुगाले फेरीयो नयाँ जिवन

  •    हेल्लो टिभी नेपाल  /१९ श्रावण २०७७, सोमबार २१:३५ ,  प्रकाशीत
  • ताइवान । सामाजिक सञ्जालमा युवा र तन्नेरी समुह भाइरल भएका उदाहरण हामीले देखेका छौं । सामाजिक सञ्जाल इन्स्टाग्राम, टिकटकवाट धेरै युवायुवती छोटो समयमा नै सेलिब्रेटी बनेका उदाहरण हामीले देखेका छौं । तर ८० वर्ष नाघेका का एक जोडि पनि सामाजिक सञ्जालवाट रातारात भाइरल भएका छन् । ताइवानका एक जोडी इन्स्टाग्राम प्रयोगकर्तामाझ भाइरल भएका छन् । उनीहरुलार्य सामाजिक सञ्जाल प्रयोगकर्ताले अध्याधिक रुचाएका छन् ।

    यि वृद्धवृद्धा उनका नातीका कारण चर्चित भएका छन् । ८३ वर्षीय चाङ वान जी र उनकी ८४ वर्षीया पत्नी सु शो एर इन्स्टाग्रामका सेलिब्रिटी बनेका छन् । उनलाई यस्तो आइडिया नातीले दिएका छन् । जसका कारण उनीहरुके इन्स्टाग्राम फलो गर्नेहरुको संख्या छोटो अवधिमै ६ लाख नाघिसकेको छ । उनीहरुको नयाँ ‘स्टाइल’को ‘फेशन’ इन्स्टाग्राममा भाइरल भएको हो । उनीहरु त्यहाँको स्थानिय मिडियामा समेत छाएका छन् ।

    यो जोडीले ताइवानको सानो केन्द्रीय सहर ताइचुङ नजिकै दशकौँदेखि सानो लन्ड्री सञ्चालन गर्दैआएको थियो । वर्षौँदेखि ग्राहकहरुले अर्डर दिएका कपडा कसैले बिर्सिन्थे त कसैले लिन आउँदैनथे । सोही कपडालाई फेसनका रुपमा प्रयोग गरेर सेलिब्रटि बनेक छन् ।

    यस्तैमा चाङका ३१ वर्षीय नाती रिफ चाङले ती थन्किइराखेका कपडा वृद्ध जोडीलाई लगाइदिएर मोडलिङ गराइदिने आइडिया निकाले । जुक आइडिया निकै चर्चित भयो । उनक हजुरवुवा हजुरआमाको व्यवसाय खस्किन थालेपछि बेकामी बनेर सडकमा भौँतारिरहेका थिए, तर उनले निकालेको यो गजबको आइडियाले उनीहरुको आर्थिक पक्ष मात्र बलियो भएन रातारात सेलिब्रटी बने ।

    ‘यी कपडाको मोडलिङबाट मैले ३० वर्ष कान्छो भएको महसुश भयो,’ चाङ वान जीले भनेका छन् । वान जीकी पत्नी सु पनि यस्तो कामबाट आफू खुसी बनेको बताउँछिन् । उनले मिडियासामु भनेकी छन्, ‘धेरै मानिसले मलाई तिमी त चर्चित भयौ, र निकै कम उमेरको देखिन्छ्यौ भन्छन् ।’ उनी थप्छिन्, ‘म उमेरमा बुढी भइसकेँ, तर मेरो मनलाई बुढेसकाल लागेको छैन, म सुन्दर कपडा लगाएर बाहिर रमाइलो गर्न जान मन लाग्छ ।’

    यसवाहेक सु ले ३० वर्षअघि आफैँले किनेका कपडा पनि फेसनका रुपमा प्रयोग गर्न थालेका छन् । उनीहरुको इन्स्टाग्राम एकाउन्ट ‘एटवान्टशोयास्योङ’ हो । जुन उनीहरुका नाती रिफले चलाउँदैआएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.