• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सर्जक सविन भट्टराईको उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’ सार्वजनिक (भिडियोसहित)

  •    हेल्लो टिभी नेपाल  /१६ श्रावण २०७७, शुक्रबार १६:०८ ,  प्रकाशीत
  • काठमाडौं | गायक तथा सर्जक सविन भट्टराई र बिमल गौतमको स्वर रहेको उत्प्रेरणा मुलक र्‍याप गीत ‘बाउन्स ब्याक’को भिडियो सार्वजनिक भएको छ । सविन भट्टराई कै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतकाे भिडियाे Singer Jhuma Niroula नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

    सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको ‘इस तलाई भोट’ बोलको र्‍याप गीतले पनि सर्बत्र चर्चा कमाउन सफल भएको थियो । उक्त गीत चुनाव नजिकै रिलिज भएको र गीत जनताको पक्षमा भएकोले बिभिन्न ब्यक्तिबाट आफुलाई गीत हटाउन दवाब समेत आएको सविनको भनाइ छ । तर यस पटक भने आलोचनात्मक भन्दा पनि अलि फरक उर्जाशिल सृजना रहेकाे सर्जक भट्टराई बताउँछन्।

    आफ्नो पहिलेको गीतमा जस्तै ‘बाउन्स ब्याक’लाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको सविनले बताए । जीवन उपयाेगी,उत्प्रेरणा तथा उर्जाशील यस गीतले विश्व भर फैलिएको कोरोना भाईरस (कोभिड -१९) ले निरास भएका मानिसहरुलाई उत्प्रेरणा प्रदान गर्ने समेत सविनको भनाइ छ । 2D एनिमेसन तथा ग्राफिक्स डिजाईन द्वारा तयार गरिएकाे यस भिडियाेकाे भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरी,निर्देशन नारायण तिमल्सिना गाेर्खालीले गरेका हुन् भने मिसन ईन्टरटेनमेन्ट प्रा.लि. ले पाेष्ट प्राेडक्सन तथा निर्माण गरेकाे हाे। पुरा भिडियो हेर्नुहोस् :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.