• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

डरलाग्दो भयो को रोना- एकै दिन ४ जनाको नि धन

  •    हेल्लो टिभी नेपाल  /१७ श्रावण २०७७, शनिबार ०९:३० ,  प्रकाशीत
  • काठमाडौं । को रोना संक्रमितको संख्या बढेसंगै अप्रत्याशित रुपमा निधन हुनेको संख्या पनि बढेको छ । शुक्रवार एकै दिन को रोनाका कारण ४ जनाको निधन भएको पुष्टि भएको छ । एकै दिन यति धेरै मानिसको निधन भएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको को रोनाले नि धन भएको पुष्टि भएको हो ।पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया उनको शुक्रबार बिहान ९ निधन भएको मन्त्रालयले जानकारी दिएको हो । उनी गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृ तक महिला ललितपुर थसिखेलकी बासिन्दा रहेको मन्त्रालयले जनाएको छ । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

    यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना को रोना संक्रमितको नि धन भएको हो । पर्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार निधन भएको हो ।वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य दुई जनाको भने उपचारका क्रममा अस्पतालमा नि धन भएको हो । योसंगै वीरगन्जमा मात्रै को रोनाका कारण निधन हुनेको सख्या १३ पुगेको छ ।

    शुक्रवार थप २२४ जनामा को भिड १९ पुष्टि भएको छ। १० हजार ७ सय ६८ को पीसीआर परीक्षण गर्दा २२४ जनामा को रोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १४ हजार ३ सय ९९ डिस्चार्ज भएको बताए। सक्रिय सं क्रमितको संख्या ५ हजार ३ सय १६ छ। जम्मा संक्रमित संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.