गायक हुँ भन्ने, नारायणगोपालको गीत नचिन्ने ?’ धमलाले दुर्गेशलाई यत्तिमै धर दिँदैनन्
तपाईको प्रतिक्रिया





पछिल्लो समय नेपाली कलाकारहरु ट्रोलको शि कार भइरहेका छन् र बन्दै गएका पनि छन् । नजानेको विषयमा ‘जान्दिन’ भन्न नसक्ने र ग लत जवाफ दिएका कारण केही अभिनेत्रीहरु सामाजिक संजालमा ट्रोलरको निशानामा परेका छन् ।
केहीले अनावश्यक रुपमा बढी बोलेर आलो चनाको शि कार भएका छन् केही भने आफ्ना सहकर्मीलाई बचाउने चक्करमा आफैं चि प्लिए र आलो चित भएका छन् । यद्यपि यी विषयमा भइरहेका ट्रोलको वि रोध गर्दै कलाकारको बचा उ गर्नेले ‘सबै कुरा जान्नै पर्छ र ?’ भन्ने प्रश्न उठाउँदै कलाकारहरुको बचाउ गरे ।
‘आफूलाई गायक हुँ भन्ने, नारायणगोपालको गीत नचिन्ने ?’ धमलाले दुर्गेशलाई यत्तिमै धर दिँदैनन् । धमलाले शिव परियारको गीत गाउन लगाउँदा ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गाउँछन् तर शब्द बिगा र्छन्। यम बरालको गीत गाउन पठाउँदा रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’
कला क्षेत्रका व्यक्तिलाई राजनैतिक विषय, सामान्य ज्ञानका कुरा सोधेर चेपुवामा पारिएको तर्क गरियो । आफ्नो क्षेत्रबारे पो जानकारी हुन्छ, सबै क्षेत्रको जानकारी कहाँ हुन्छ ? भनेर बचाउ गरियो । तर, पछिल्लो समय गायक दुर्गेश थापा ट्रोलरको नि शानामा परेका छन् ।
निशा नामा पनि यसरी परेका छन् कि उनले अरुले जस्तो ‘आफ्नो क्षेत्रबाहिरको’ कुरा सोधिएको भनेर बचा उ गर्ने ठाउँ पनि बाँकी छैन । उनले अरु विषयमा होइन आफ्नै क्षेत्रको कुरामा ग ल्ती गरिदिए । संगीत क्षेत्रकै ज्ञान नभएको देखिएपछि अहिले दुर्गेशमाथि ट्रोलरहरु खनिएका छन् ।
पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा दुर्गेशलाई स्वरसम्राट नारायण गोपालको गीत गाउन भनिएको थियो । धमलाले नारायणगोपालको गीत गाउन भने तर दुर्गेशले भक्तराज आचार्यको गीत ‘मुटु जलिरहेछ’ गाइदिए । यतिमात्र होइन दुर्गेशले नारायणगोपालको गीत आफूले धेरै सुन्ने गरेको भने तर नारायणगोपालको गीत चिन्न सकेनन् ।
दुर्गेशको यो ग ल्तीसँगै सामाजिक संजालमा प्रश्न उठेको छ –‘आफूलाई गायक हुँ भन्ने, नारायणगोपालको गीत नचिन्ने ?’ धमलाले दुर्गेशलाई यत्तिमै धर दिँदैनन् । धमलाले शिव परियारको गीत गाउन लगाउँदा ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गाउँछन् तर शब्द बि गार्छन्। यम बरालको गीत गाउन पठाउँदा रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीत गाउँछन् ।