अचम्मको खबर: लकडाउनमा श्रीमती माइतीमै फसिन्, यता श्रीमानले प्रेमिकासँग बिहे गरे !
तपाईको प्रतिक्रिया





कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनमा निकै रोचक घटना भएको छ।लकडाउनको फाइदा उठाउँदै श्रीमानले प्रेमिकासँग बिहे गरेका छन्।भारतको बिहार राज्यको राजधानी पटना देखि ६० मिलो मिटरको दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा श्रमिानले लकडाउनका फाइदा उठाउँदै प्रेमिकासँग बिहे गरेको आज तकको समाचारमा उल्लेख गरिएको छ।
लकडाउन भन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन्।उनी माइतीमै रहँदा लकडाउन सुरु भए पछि उनी उतै फसिन्।पछि उनले थाहा पाइन् कि उनका श्रीमान धीरज कुमारले उनको अनुपस्थितिको फाइदा उठाउँदै आफ्नी प्रेमिकासँग बिहे गरे।धीरज र गुडियाका १० वर्षका छोरा पनि छन्।श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमती गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमान विरुद्ध उजुरी दिइन्।
उजुरी पछि पुलिसले धीरजलाई पक्राउ गरेर जेल पठाएको छ।धीरजले श्रीमती माइतीबाट नफर्केको रिसमा प्रेमिकासँग बिहे गरेको बयान दिएका छन् । गुडियाका अनुसार उनका पतिको पहिलेदेखि नै ती महिलासँग सम्बनध थियो जसको कारण उनीहरुको घरमा झगडा पनि भइरहन्थ्यो । अहिले धीरजले उनै महिलासँग बिहे गरेका थिए।यो खबर डिसि नेपालले प्रकाशित गरेको हो।
यो पनि पढ्नुहोस: विद्यार्थीको पठन पाठनका लागि प्रदेश नम्बर ५ मा ‘भर्चुअल’ कक्षाको तयारी थालिएको छ।प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्रालयले स्थानीय तहहरुसँग समन्वय गरेर पठन पाठनलाई नियमित बनाउने तयारी गरेको हो।कक्षा १ देखि ९ सम्मको नतिजा तत्काल प्रकाशन गरी अघिल्लो कक्षा पढाउने योजना बनाइएको छ।प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पठन पाठनका लागि विभिन्न उपायमा छलफल चलि रहेको बताउनु भयो।
‘इन्टरनेट पहुँच हुने स्थानामा भर्चुअल कक्षा सञ्चालन गर्ने योजना छ, उनले भने,‘पहँच नहुने स्थानमा रेडियोबाट वा अभिभावकबाटै पठन पाठन गर्ने र त्यस्तो पुस्तकहरु तयार गरिदै छ।’ शिक्षा पत्रकार समूहले शुक्रबार आयोजना गरेको ‘भर्चुअल’ पत्रकार सम्मेलनमा मन्त्री बरालले दुर शिक्षाको अभ्यास गरिरहेका स्थानीय तहहरुलाई अनुदान दिएर सघाइने बताए।‘साना कक्षामा कसरी पठाउने भन्ने चुनौतिहरु छन्, त्यसमा अभिभावक नै पहिलो शिक्षक हुन सक्छन्, उनले भने।
प्रदेश ५ मा ५ हजार ७ सय विद्यालयमा करिब ११ लाख विद्यार्थी छन्।लकडाउन पछि यी सबै विद्यार्थीको पठन पाठन रोकिएको छ।त्यस्तऐ परीक्षाको नतिजा समेत प्रकाशित नभएकाले विद्यार्थीले अध्ययन सुचारु गर्न सकेका छैनन्।यस प्रदेशका कतिपय स्थानीय तहले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेकाहरु लक्षित अनलाइन, टेलिभिजन र रेडियोबाट पठन पाठन गराइ रहेका छन्।यो सुविधामा विपन्न समुदायका विद्यार्थी जोडिन सकेका छैनन्।अनि रुपन्देहीको सैना मैना नगर पालिकाले टेलिभिजन र रेडियोबाट शिक्षण सुरु गरेको छ।त्यस नगर प्रमुख चित्र बहादुर कार्कीका अनुसार नगर भित्रसहित बाहिरका विद्यार्थी समेत पठन पाठनमा जोडिएका छन्।
तल्लो तहमा कसरी कक्षा चलाउने भन्ने विषयमा प्रदेश सरकारसँग समन्वय भइ रहेको उनले बताएका छन्।यस् प्रदेशका सामाजिक विकास मन्त्रालयले पठन पाठनका लागि मोबाइल एप निर्माण गरि रहेको छ।यस् मन्त्री बरालले त्यो एपबाट विद्यार्थीलाई दैनिक गृह कार्य गराउने र शिक्षकले चेक गर्ने व्यवस्था समेत हुने बताए।यस्तो एप सञ्चालन हुन सक्ने क्षेत्रको अध्ययन भइ रहेको उनले बताए। इन्टरनेट पहुँच विस्तार नभएको क्षेत्रमा टेलिकमसँग सहकार्यमा शैक्षिक गतिविधि सञ्चालन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।
तर यो व्यवस्था तत्काल कार्यान्वयनमा भने चुनौति देखिएको छ।प्रदेशका सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीका अनुसार सहपाठी शिक्षण विधिबाट अध्यापन गराउने योजनामा पनि छलफल भइरहेको छ।यो योजनामा आफ्नै साथी पढाउने वा माथिल्लो कक्षाकाले तल्लो कक्षाकालाई पढाउने विधि अपनाइन्छ। इन्टरनेट पहुँच नभएका स्थानमा स्वयम्से वक शिक्षकको समेत व्यवस्थापन गर्न सकिने मन्त्रालयको योजना छ।संघीय सरकारले एसईईकै विषयमा निर्णय लिन नसके पछि प्रदेश र स्थानीय सरकारहरु अन्योलमा पनि छन्।एसईईको परीक्षा नगरी आन्तरिक मुल्यांकनको अंककै आधारमा विद्यार्थीलाई नतिजा दिनु पर्ने विषयमा छलफल भएको छ।
सामाजिक विकास मन्त्री बरालले यही सुझाव संघीय सरकारलाई दिएको बताए।‘होम सेन्टरमै परीक्षा लिने भन्ने पनि योजना छन्, केही उपाय नभए आन्तरिक परीक्षाकै आधारमा विद्यार्थीको नतिजा प्रकाशन गर्न सकिने विकल्प छ, उनले भने।पाठ्य पुस्तक वितरणको तयारी समेत गरिएको मन्त्रालयले जनाएको छ।चैत पहिलो साता नै लकडाउन भएका कारण नयाँ पुस्तकहरु बजारमा आइ सकेका छैनन्।यस्ता पुस्तक व्यवसायीहरुले ढुवानी अनुमति दिए सुरक्षित रुपमा पुस्तक वितरण गर्न सकिने जनाउँदै आएका छन्।सोहि विद्यालय तहको नतिजा प्रकाशन गरेर पुस्तक वितरण मात्रै गर्न सके विद्यार्थीको पठन पाठनमा त्यति असर नपर्ने अभिभावकहरुले बताउदै आएका छन्।