• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रकाश सपुतको ‘बदला बरीलै’ २ दिनमै युट्युब ट्रेन्डिङको नम्बर एकमा (भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१९ श्रावण २०७७, सोमबार २१:४३ ,  प्रकाशीत
  • काठमाण्डौ – बला’त्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ । गीतको ‘भ्यूज’ आज साँझसम्ममा १० लाख नाघेको छ ।
    गीतमा लोक गायक प्रकाश सपुतको शब्द÷सङ्गीत र लोक गायिका देवी घर्तीको स्वर छ । भिडियो निर्देशन पनि सपुतले गर्नु भएको छ । भिडियोमा नायिका केकी अधिकारी र धु्रव कोइरालाको मुख्य अभिनय छ ।

    समाजको ज्वलन्त मुद्दा, मौलिक रचना र जीवन्त प्रस्तुतीले गीतलाई सम्प्रेष्य बनाएको छ । गीतले बला’त्कार जस्तो जघन्य अ’पराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । “पहिलेदेखि नै तीज गीतमा केही न केही महिलाका विषय उठान हुन्थे”, गायक सपुतले भन्नुभयो, “यसपटक पनि हामीले त्यसैलाई निरन्तरता दिएका छौँ ।”

    बला’त्कृत हुँदाको महिलाको पी’डा र विवशताबाट शुरु भएको गीतको कथा बदलामा गएर टुङ्गिन्छ । अ’पराध कर्म गर्ने जो कोही एक न एक दिन सजायको भागीदार हुनै पर्ने प्रतिकात्मक सन्देश गीतले दिएको छ ।

    बला’त्कारपछि मृ’त्युवरण गरेकी महिला प्रेतको रुपमा प्रकट भई अ’पराधी पुरुषको ह त्या गरी बदला लिएको दृश्य भिडियोमा देख्न पाइन्छ । शक्ति, पहुँच र पैसाका आडमा बला’त्कारका दोषी उम्कने प्रवृत्तिमाथि पनि गीतले तीखो व्यङ्ग्य गरेको छ । समाजमा विद्यमान लैङ्गिक विभेद, छोरीछोरीबीचको असमानता जस्ता विषय पनि गीतमा अभिव्यक्त भएका छन् । सपुतको दुई वर्षअघि सार्वजनिक लोकगीत ‘बोल माया’ पनि त्यसबेला युट्युब ट्रेन्डिङको शीर्ष स्थापनमा पुगेको थियो ।

    गीत विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको कथा÷व्यथामा आधारित छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । गायक सपुत गीत तयार गर्दा विषय वस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

    गीतको मर्म र भावलाई भिडियोमा सजीव ढङ्गले उतार्न निर्देशकका हिसाबले सपुत सफल हुनुहुन्छ । आफ्ना हरेक गीतको भिडियो निर्देशन उहाँ आफैँ गर्नुहुन्छ । सपुतको गत वर्ष सार्वजनिक लोक दोहोरी गीत ‘गलबन्दी’ पनि चर्चाको शिखरमा पुगेको थियो । त्यस गीतले अहिलेसम्म युट्युबमा चार करोड बढी भ्यूज बटुलेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सपुत चलचित्र परदेशी–२ मा नायकका रुपमा देखिँदै हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.