• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भाउजुले मरो दाईलाई कुटाए अनि उल्टै आरोप लगाउने भन्दै आए मिडियामा

  •    हेल्लो टिभी नेपाल  /१९ श्रावण २०७७, सोमबार २१:५३ ,  प्रकाशीत
  • काठमाडौं । काठमाडौको सडकमा अहिले एक जना पुरुषको तस्बिर र भिडियो भाइरल भएको छ । दुइ वर्षको बच्चालाई एक्लै छोडेर श्रीमती हिडेपछि छोरा हुर्काउन र उसको भविष्यका लागि बच्चा बोकेर रिक्सा चलाएर हिडेको तस्बिर र भिडियो भाइरल भएको हो । उनी हुन् अर्जुन विक । अर्जुन विकका कैलालीको सुख्खडमा रहेकी उनको श्रीमती अहिले मिडियामा आएकी छन् ।

    सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भए पछि उनीसंग जोडिएका अन्यको पनि खोजी थालिएको छ । २ वर्षको छोरा छोडेर श्रीमती हिडेपछि आफुले छोरालाई बोकेर नै रिक्सा चलाउन बाध्य भएको बताएपछि उनको श्रीमती पनि मिडियामा आएकी हुन् । उनले कोठामा कोही नभएका कारण आफुले छोरा बोकेरै रिक्सा चलाएको बताएका छन् । त्यस्तो अभिब्यक्ति उनले दिएपछि श्रीमतीका बारेमा निकै नराम्रा कमेन्ट आएका छन् । अर्जुनको श्रीमती अहिले कैलालीको सुख्खड स्थित माइतीमा छन् ।

    उनी लक्ष्मी कुमारी विक हो । उनी १९ वर्षकी भइन् । सानै उमेरमा विवाह गरेकी लक्ष्मीले २ वर्षको छोरा काठमाडौंमा बुवासंग छोडेर माइत गएको भन्दै धेरैले नराम्रो कमेन्ट गरेका छन् । उनले आफु कोठामै भएको बेलामा छोरा बोकेर उनले कामगरेको बताएकी छन् । उनलाई श्रीमतीले छोडेर गएपछि २ वर्षका छोरालाई संघर्ष गर्दै हुर्काउदै गरेको बताएको भएपनि उनले आफु कोठामै भएको बताएकी छन्।

    श्रीमती कोठामै हुँदा पनि आफै छोरा बोकेर जाने अनि आफै श्रीमतीले छोडेर गइ भन्ने गरेको उनको भनाई छ । अर्जुनले आफुलाई श्रीमती होइन यो मेरो साली हो भन्ने गरेका थिए । श्रीमतीका अनुसार श्रीमानले नै छोरा आफुलाई लिन नदिएको बताइन् । आफु कोठामै हुँदाहुँदै श्रीमानले श्रीमती छोडेर गइ भनेर भनेको बताएकी छन् । उनले त्यही दिन काठमाडौंवाट सुख्खड गएको बताएकी छन् । आफुले गाडीमा भएको बेलामा त्यस्तो भिडियो देखेको बताएकी छन् । अर्जुनले २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    निर्वाचन शान्तिपूर्ण एवं निष्पक्ष हुने
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.