• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कपनमा कार्टुनमा फेला परेकी बालिकालाई जन्मदिने आमा पहिलो पटक मिडियामा, आफ्नो बाध्यता यसरी रुँदै बताइन् (भिडियो हेर्नुस्)

  •    हेल्लो टिभी नेपाल  /२१ श्रावण २०७७, बुधबार ०६:०८ ,  प्रकाशीत
  • काठमाडौं । केहि दिन अगाडि विस्कुटको कार्टुनमा फेला परेकी बालिका आमा पहिलो पटक सार्वजनिक भएकी छन् । आफुले जन्मदिएको बच्चालाई आफुले त्यसरी सडकमा नफालेको बताएकी छन् । उनले आफुले बच्चा स्वीकार गर्न सक्ने अवस्था नभएका कारण अरुलाई जिम्मा दिनुपर्ने अवस्था भएकाले पुष्पा अधिकारीलाई संरक्षणमा दिएको बताएकी छन् ।

    विदेशवाट आउँदा उनी गर्भवती अवस्थामा थिइन् । उनले शिक्षण अस्पतालमा जन्मदिएकी हुन् । परिवारका सदस्यलाई आफु गर्भवती भएको थाहा नभएका कारण उनले बच्चा आफुले पाल्न सकिनन् ।स्वास्थ्य अवस्था पनि राम्रो नभएका कारण आफुले बच्चा हुर्काउन नसक्ने भएकाले बालगृहकी संस्थापक पुष्पालाई जिम्मा दिएकी थिइन् ।

    उनले भनिन् म निकै अस्वास्थ्य छु । समय समयमा श्रीमानलाई पनि र ग त चढाउनु पर्छ त्यसैले उपचार गरिरहेकी छु । स्वस्थ्य भएपछि बच्चा लैजाउँला भनेर बालश्रममा राख्न दिएको हो । उनले विदेशवाट आएपछि एउटा सामाजिक संस्थाको संरक्षणमा बसेकी थिइन् । उनले आफु विदेशवाट आएपछि तत्काल घर जान नसकेको बताइन् । अहिले भने उनले आफै बच्चा जिम्मा लिएकी छन् । मैले मेरो नानी जिवित फेला पारे त्यही खुसी छु अब कसरी हुर्काउने त्यसका बारेमा सोच्दैछु । त्यसरी खेल खेल्नेहरुलाई त अब दिन्न ।

    आफै अरुको सहारामा बस्नु पर्ने अवस्था भएका कारण बच्चालाई आश्रममा दिनुपर्ने बाध्यता भएको बताइन् । तर त्यस्तो गर्लान भन्ने मलाई लागेको थिएन । उनले बच्चा आश्रममा दिँदा राम्रो ब्यक्ति आयो भने जिम्मा दिनुहोला भनेर दिएको पनि बताइन् ।

    बालिकाको आइतवार न्वारन समेत गरिएको छ । तर त्यो घटनाको भित्रि पाटो सार्वजनिक भएपछि युट्युवर न्यौपाने पुगेका थिए । शिशु वेवारिसे फेला परेको भन्दै बालगृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लिएकी थिइन् । उनको बालगृहमा पुगेका दर्जनौ युट्युवरले भिडियो बनाएका थिए । त्यस पछि देशविदेशवाट सहयोगको ओइरो आउन थाल्यो ।

    शिशु भेटिएको सातौं दिनमा अन्तत नयाँ रहस्य खुलेको छ । शिशुलाई पैसा कमाउनका लागि त्यसरी जानाजान राखिएको रहस्य खुलेको छ। उनी केही समय अघि वैदेशिक रोजगारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमानवाट उद्दार गरिएकी महिला हुन् । उनी गर्भवती अवस्थामा नेपाल आएकी थिइन् । उनले बच्चालाई जन्म दिइन् । काठमाडौंको कुनै संस्थामा बसेकी ति महिलाको परिचय गोप्य राखिएको छ । उनी माक्स लगाएर भिडियोमा सार्वजनिक भएकी छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    निर्वाचन शान्तिपूर्ण एवं निष्पक्ष हुने
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.