• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

तितो करेला सेवनका १२ फाईदा अनि केहि बेफाईदा यस्ता छन्

  •    हेल्लो टिभी नेपाल  /२३ श्रावण २०७७, शुक्रबार १५:३५ ,  प्रकाशीत
  • खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो । तीते करेलाको केहि फाईदा यस्ता छन् । *खानामा रुचि बढाउँछ ।*छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।*खाएको कुरा राम्ररी पचाउँछ ।*पेट सफा राख्दछ ।*कब्जियत हुन दिँदैन ।*पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।*रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।*मधुमेह रोगीलाई उत्तम ।*इन्सुलिनको काम गर्छ ।

    यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

    तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ । मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।

    तीतेकरेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।

    तीतेकरेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ । अन्य उपयोगितातीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ । तीते करेलाको फई मात्रै होइन वेफाईदा पनि छ । गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।

    यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ । रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ । तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ!तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो । आज हामी हाम्रो भान्सामा पाक्ने तिते करेलाका १२ गुणका बारेमा चर्चा गर्दै छौं ।

    १) श्वासप्रश्वास समस्यामा : ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको सेवनबाट यस्ता प्रकारका रोगहिरलाई केहि राहत मिल्न सक्छ ।२) लिभर टनिक : दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।३) रोग प्रतिरोधक : पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।४) डण्डीफोरमा : करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।

    ५) मधुमेह : करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ ।

    दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

    ६) कब्जियतमा : यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।७) मिर्गौला र ब्लाडर : यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।८) मुटुको रोग : यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

    ९) क्यान्सरमा : करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ ।१०) तौल घटाउन : यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

    ११) छालाको समस्यामा : करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।१२) कपाल चम्काउन : करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।

    करेलामा कयौँ गुणकारी तत्व हुन्छन् । यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन् । करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न पनि यसले सहयोग गर्छ।एउटा अध्ययनअनुसार यसले मोटोपना कम गर्न पनि सहयोग गर्छ ।यो त करेलाको कुरा भयो । त्यस्तै राम्रो हुन्छ, करेलाको जुस पनि । यी हुन्छन् यसका फाइदाःतौल घटाउन मद्दत गर्छ करेला=करेलाको जुसले इन्सुलिनलाई सक्रिय बनाउँछ । यसले शरीररमा बनाउने चिनी तथा बोसो कम गराउँछ । यसले शरीरको बोसो कम गर्न सहयोग गर्छ ।

    करेलामा हुन्छ कम क्यालोरी=करेलामा क्यालोरी, बोसो तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुन्छ । एक सय ग्राम करेलामा जम्मा ३४ क्यालोरीमात्र हुन्छ । त्यसैले करेलाको जुसले क्यालोरी मेन्टन गर्न मात्र होइन, बोसोमाथि नियन्त्रण गर्न पनि सहयोग गर्छ ।फाइबरयुक्त हुन्छ करेला=करेलामा फाइबरको मात्रा अत्यन्त बढी हुन्छ ।

    करेलामा पानीको मात्र पनि धेरै नै हुन्छ । करेलाको तौलमध्ये ८९ प्रतिशत तौल पानी हो भनिन्छ । त्यसैले पनि गर्मी याममा करेलालाई अझ विशेष मानिन्छ ।बोसोयुक्त कोष बन्नबाट रोक्छ=एक अध्ययनका अनुसार करेलाले शरिरमा बोसोको मात्र कम गर्न सहयोग गर्छ । यसले शरीरमा नयाँ बोसोयुक्त कोष नियन्त्रणमा पनि सहयोग गर्छ । यसले हाम्रो तौल घटाउन सहयोग गर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.