• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

”मेरो माया लाग्छ र ? बोलको गीतको भिडियो सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /८ कार्तिक २०७७, शनिबार १४:३९ ,  प्रकाशीत
  • काठमाडौँ । गीत संगीत क्षेत्रमा अग्रसर गीतकार एल के गुरुङ परदेशमा बसेर पनि आफ्नो देश नेपाल र नेपाली गीत संगीतलाई माया गर्दै समय समयमा आफ्ना रचना गीत संगीत क्षेत्रमा ल्याईरहेका छन् ।

    बिगतमा पनि उनको शब्द रचनामा नेपालका चर्चित गायक स्वरुपराज आचार्य”पुष्कर सुनुवार”तारा लक्सम”गायिका अन्जु पन्त”मेलिना राई आदिले गीत गाई सकेका छन् । गीत संगीत ल्याउने क्रममा अहिले फेरि पनि गुरुङको शब्द रचनामा रहेको उत्कृस्ट गीत”मेरो माया लाग्छ र ?” बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । साथै गीतमा एक प्रेमी र प्रेमिका मायामा डुबेर प्रेम भाव ब्यक्त गर्दै एक अर्कालाई मेरो माया लाग्छ र ? भनेर प्रश्न गरेको अवस्थालाई बडा रमाईलो परामा भिडियोमा प्रस्तुत गरेका छौँ गीतकार एल के गुरुङले बताएका छन् ।

    उक्त गीतलाई संगीतकार राजकुमार बगरले संगीत गरेका छन् भने गीतमा चर्चित गायक प्रमोद खरेल र बिन्दु परीयारको आवाज सुन्न सकिन्छ । गीलाई कमल सौरागले संगीत सम्योजन गरेका छन् । गीतको भिडियोमा निर्देशन मदन खड्काको रहेको छ भने भिडियोलाई छायांकन बिरेन्द्र भट्टले गरेका हुन् ड्रोन सन्तोष महरा “सम्पादन बिष्णु खड्काको रहेको छ । गीतको भिडियोमा नायक पुष्प खड्का र टिकटक स्टार उषा उप्रेतीको मन मोहक अभिनय रहेको छ ।

    गीतको भिडियोलाई सफल मोसन पिक्चर्सले पोस्ट प्रोडक्सन गरेको छ । गीतको भिडियोलाई उषा गुरुङले निर्माण गरेकी हुन् । भिडियोलाई हाई लाईट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतकार एल के गुरुङ भन्छन् म सबै प्रकारका गीत लेख्ने गर्छु तर अहिले भने प्रेम भावले ओतप्रोत गीतको भिडियो लिएर दर्शक स्रोता माझ आएको छु । आशा छ मेरो यो गीतको भिडियोलाई दर्शक स्रोताले भरपुर माया दिनुहुनेछ ।

    हेर्नुहोस् गीतको भिडियो :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.