• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गायक संगीतकार दीपकराज बिश्वकर्मा” को संगीत तथा आवाजमा पश्चिमेली टिपिकल गीत (हे सुवा) को म्युजिक भिडियो सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /१७ चैत्र २०७७, मंगलवार १८:०६ ,  प्रकाशीत
  • काठमाडौँ। गायक संगीतकार संगीत संयोजक दीपकराज बिश्वकर्माको संगीत तथा आवाजमा पश्चिमेली टिपिकल गीत (हे सुवा) को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा दिपकराज बिश्वकर्मा एक चिर परिचित नाम हो। उनि द्वारा संगीत बद्ध धेरै गीतहरु बजारमा चर्चामा छन्।

    केहि समय पहिला उनि द्वारा संगीत बद्ध गीत पिरतीको गुन्द्री बोलको गीतले बजारमा राम्रै चर्चा कमायो उनि गायक मात्र नभई गायक संगीतकार संगीत संयोजक साथै साउण्ड ईन्जिनियर पनि हुन् त्यसैले उनलाई बहुप्रतिभाका धनि संगीतकर्मी भन्दा फरक नपर्ला । आज उनले आफ्नो जन्मदिनको छेक पारी आफ्नै आवाज संगीत तथा संगीत संयोजनमा पश्चिमेली टिपिकल गीत (हे सुवा)को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीत तथा भिडियो प्रेम भावले भरिपुर्ण रहेको गायक संगीतकार दीपकराज बिश्वकर्मा बताउँछन् । गीतको अडियो अडियोल्याप” स्टुडियोमा रेकर्डीङ तथा मिक्सिङ मास्टरिङ गरीएको हो।

    उक्त गीतमा रबिना स्वप्निल गीरीको शब्द गायक स्वयम् दीपकराजको संगीत तथा संगीत संयोजन रहेको छ। गीतको भिडियोमा निर्देशन पनि गायक स्वयम दीपकराज बिश्वकर्माको रहेको छ। ‘ छायांकन बुद्ध थापा ” नृत्य निर्देशन केशबराज भट्ट ” सम्पादन बिकाश दाहाल ” ड्रोन बिशाल सापकोटा’ को रहेको छ भने उक्त रमाईलो गीतको भिडियोमा चर्चित मोडल चक्र बम र मिना शाहीको दमदार अभिनय देख्न पाईञ्छ। गितको भिडियोलाई ओएसआर डिजिटल’को यूट्युब च्यानलमा हेर्न सकिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.