• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सन्दीप लामिछाने १४ दिनको क्वारेन्टिनमा

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार १३:०८ ,  प्रकाशीत
  • काठमाडौँ। क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ। सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो।

    सीपीएल आगामी भदौ २ गतेदेखि सुरु हुँदैछ। ‘प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको हो’ उनका व्यवस्थापक रमन शिवाकोटीले भने।

    यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने उनले बताए। ‘पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ’ उनले भने। सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो गएका हुन्। सरकार र अन्य विभिन्न निकायको सहयोगमा उनी टोबागो जान सफल भएका हुन्।

    टोबागो उड्नुअघि सन्दीपले गत मङ्गलबार पीसीआर परीक्षण गराएका हुन्। उनको सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको व्यवस्थापक शिवाकोटीले बताए।

    अन्य सम्बन्धित समाचार: पर्सामा पत्रकार, प्रहरी र सेनासहित थप ७३ लाई कोरोना सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेका कारण केही समय सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो। सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजमा आबद्ध छन्। उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

    सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो। उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सीपीएल खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो।

    यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेले। उनले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरे। सन्दीले सो प्रतियोगितामा छ खेलमा आठ विकेट लिए। यसपटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलावाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ।

    अन्य सम्बन्धित समाचार: बालुवाटारमा नेकपाका शीर्ष नेताहरुबीच छलफल जारी
    सीपीएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। सीपीएलमा कुल ३३ खेल हुने छन् भने कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने आयोजकले जनाएको छ। सीपीएल आगामी भदौ २५ गतेसम्म चल्ने छ।

    सन्दीप टोबागोबाट सोझै इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्न असोज दोस्रो साता युनाईटेड अरब इमिरेटस् जानेछन्। यसपटक १३औँ संस्करणको आईपीएल आगामी सेप्टेम्बरदेखि युएईमा शुरु हुँदैछ। कोरोना भाइरसका कारण यसपटक आईपीएल भारतमा आयोजना गर्न नकिएको हो।

    आईपीएल युएईमा आयोजना गर्न भारत सरकारले आयोजकलाई आइतबार अनुमति दिएपछि सो प्रतियोगिता हुने पक्का भएको हो। सन्दीपले आईपीएल दिल्ली क्यापिटल्सबाट खेल्नेछन्। उनले आईपीएल खेल्न लागेको तेस्रो पटक हो। यसअघिका दुई संस्करण पनि उनले दिल्ली टोलीबाटै खेलेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्ततः कार्तिक ८ मा हुने भयो पूजा र स्वस्तिमाको भिडन्त, कसले मार्ला बाजी
    उपासनासँग मायाको कुरा गर्दै दयाहाङ ,कबड्डी कबड्डी कबड्डी को नयाँ गीत रिलिज
    सलमानले ५५ लाखको फ्ल्याट नदिएपछि रानुले गरिन् यस्तो खुलाशा
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.